२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा शेन चौ–१४ मानव अन्तरिक्ष यानको सफल प्रक्षेपण



अ+ अ-

एजेन्सी । चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ ।

सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको छ ।

सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको अन्तरिक्ष कार्य परियोजनाले जनाएको छ । परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता हो ।

चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना शुरू भएदेखि यो २३औं अन्तरिक्ष यान प्रक्षेपण हो । साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो ।

यस पटकको प्रक्षेपणपछि अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको थान ह नामक केन्द्रीय केबिनमा प्रवेश गर्ने र त्यहाँ आगामी ६ महिनासम्म बस्ने योजना रहेको छ । यी अन्तरिक्ष यात्रीहरू, चेन डोङ, लिउ याङ र काई सुझे,ले चीनको अन्तरिक्ष स्टेशनको मर्मतसम्भार गर्ने साथै वैज्ञानिक अध्ययन गर्ने योजना पनि बनाइएको छ ।