११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन हुनुभएको छ । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।  

कांग्रेस (बीपी)को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ । 

विशेष महाधिवेशन सम्पन्नपछि चयन हुनुभएका पार्टी सभापति शेरचनले कांग्रेस ९बीपी०ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । विसं २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो ।