एजेन्सी । वेल्स कतार विश्वकप २०२२ मा छनोट भएको छ । विश्वकप छनोटको फाइनल खेलमा युक्रेनलाई १–० गोलले पराजित गर्दै वेल्सले ६४ वर्षपछि विश्वकप खेल्ने भएको हो ।
वेल्सको घरेलु मैदान कार्डिफ सिटीमा आइतबार राति भएको खेलमा ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरेका थिए । उक्त गोल नै वेल्सलाई विश्वकपको यात्रा बन्यो । वेल्सले यसअघि १९५८ मा विश्वकप खेलेको थियो ।
वेल्स विश्वकपको समूह बीमा रहेको छ । उक्त समूहमा इंग्ल्याण्ड, अमेरिका र इरान छन् ।