• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

राफायल नाडालले जिते फ्रेन्च ओपन, सर्वाधिक २२ औं ग्रान्डस्लाम जितेर इतिहास रचे



राफायल नाडाल

स्पेनी टेनिस खेलाडी राफायल नाडालले पुरुष एकलतर्फको फ्रेन्च ओपन उपाधि जितेका छन् । रोलाँ ग्यारोसको क्ले कोर्टमा नाडालले विश्वका आठौं वरियताका नर्वेजियन खेलाडी क्यास्पर रुडलाई सोझो तीन सेटमा पराजित गरेका थिए ।

३६ वर्षीय नाडालले ६-३ ६-३ र ६-० ले खेल जित्दै जीवनमै २२ औं ग्रान्डस्लाम उपाधि उचालेका छन् । विश्वमै सबैभन्दा बढी ग्रान्डस्लाम उपाधि जित्ने उनी पहिलो खेलाडी पनि हुन् । नोभाक जोकोभिच र रोजर फेडररले समान २०-२० वटा ग्रान्ड स्लाम उपाधि जितेका छन् ।

Image

साथै नाडालले १४ औं पटक फ्रेन्च ओपनको उपाधि हात पारेका हुन् ।

रोलाँ ग्यारोसमा खेल हेर्न स्पेनी राजा फिलिपे छैटौं र नर्वेका राजकुमार हाकोन पनि उपस्थित थिए ।

शनिबार सम्पन्न महिला एकल उपाधि इगा स्वाइटेकले जितेकी थिइन् । उनले अमेरिकी खेलाडी कोको गफलाई पराजित गरेकी थिइन् ।

 

Iga Swiatek, trophée, vestiaires, Roland-Garros 2022
इगा स्वाइटेक