१२ पुष २०८१, शुक्रबार
,
Latest
अस्ट्रेलियाली मिडियाले कोहलीलाई जोकर भनेपछि… नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने चिसोबाट जोगिन प्राधिकरणको अनुरोध भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौंः मन्त्री भण्डारी राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ: योगेश भट्टराई प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी सरकार अघि बढ्दैछः शंकर पोखरेल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाउनु भएको छ ।

महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताउनु भएको हो । आईतबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरुप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्क समेत गर्नु भयो ।

महासचिव पोखरेलले राजस्व वृद्धि हुने बस्तुहरुको अतिधेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभएपनि आगामी आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर हुने हावादारी कुरा उल्लेख गरिएको बताउनु भयो । उहाँले लगानी बढाउने अवस्था नभएकाले आर्थिक वृद्धिदर हुने कुनै आधार नरहेको पनि पटकपटक दोहोर्याउनु भयो ।

महासचिव पोखरेलले भन्नु भयो, ‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । निराशाको परिणाम के हुन्छ भन्ने कुरा चाँही सहरी क्षेत्रका मतदाताले मूलधारका राजनीतिक पार्टीप्रति देखाएको असन्तुष्टिले प्रकट गरिसकेको छ भन्ने मलाई लाग्दछ । यो राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठूलाठूला कुरा गरिएको छ ।

समग्रमा भन्नु हुन्छ भने–यो व्यापारिक पूँजीवाद वा दलाल नोकरशाही पूँजीवादको हिमायतीको रुपमा प्रकट भएको छ । अघिल्लो वर्ष यतिधेरै स्पोन्ट आईरन आयात गरिएकी प्लेट आईरनको उद्योगनै धराशायी भयो । राजस्व वृद्धिका लागि कुनै सम्भावना नहुने गरी बस्तुको आयात गरिएको हुन्छ । अनि कसरी राजस्व वृद्धि हुन्छ, मुलुकको समृद्धि हुन्छ ?’

महासचिव पोखरेलले बैंकहरुले लगानी गर्ने अवस्था नभएको बेला आगामी आर्थिक वर्ष उत्पादन वृद्धि गर्ने सरकारले सोच नै बस्तुपरक नभएको बताउनु भयो ।