काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले पहिलो विकेट गुमाएको छ ।
आशिफ शेख ११ बलमा ३ रनमात्र बनाई आउट भएका हुन् । उनलाई अमेरिकाका फिलिपले पेभिलियन फर्काएका हुन् ।
यो समाचार तयार पार्दासम्म नेपालले ३.५ ओभरमा १ विकेटको क्षतिमा १२ रन जोडेको छ ।











