• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

पपगायक सञ्जय श्रेष्ठले प्रतिनिधिसभा चुनावमा काठमाडौं–६ बाट उम्मेदवारी दिने



काठमाडौं । पपगायक सञ्जय श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन् ।

सञ्जयले फेसबुकमा लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि आउँदो मंसिरतिर हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरें । अब बाँकी तपाईंहरुको साथ र विश्वास ।’

यसअघि उनले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए ।