• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

नेपालमा प्रवेश गर्यो मनसुन



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली आज आइतबारका दिन नेपालको प्रदेश नं १ मा आगमन भएको जनाएको छ ।

महाशाखाका अनुसार यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू(भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

महाशाखाले यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने बताएको छ ।