काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले चौंथो विकेट गुमाएको छ ।
नेपालले चौंथो विकेटको रुपमा विनोद भण्डारीलाई गुमाएको हो , २८ बलमा १० मात्र बनाएका उनलाई अमेरिकाका केन्जिगेले पेभिलियन फर्काए ।
यो समाचार तयार पार्दासम्म नेपालले ४ विकेटको क्षतिमा २५.२ ओभर खेल्दै ९४ रन जोडेको छ ।











