२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँध पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा



अ+ अ-

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको छ । मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण नदीको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र उच्च जोखिममा परेको हो ।

त्रियुगा–११ नंवर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन तथा बाँध बर्षाको कारण भत्कन थालेको छ । अहिलेसम्म पनि यीनको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो देखाएको पाइदैन ।

वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण बरुवा नदीको बहाव निरन्तर बढ्न थालेपछि पुराना कच्ची बाँध तथा तटबन्धन भत्कने खतरा बढ्दै गएको कारण यस क्षेत्र आसपासका स्थानीय चिन्तित भएको ढिम्कीका जगत कार्की बताउनुहुन्छ । “तटबन्धन पुनःनिर्माण नै गर्नुपर्ने हो, तर मर्मत मात्रै गरिदिए पनि ढुक्क हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

बरुवा नदी नियन्त्रणका लागि निर्माण गरिएका पुराना बाँधको ढुङ्गा निस्कँदै बाँध खुल्न थालेको र बाँधको केही भागसमेत भत्कन थालेपछि शिवालय टोल, साकेला टोल र गाईघाट बजार क्षेत्रनै जोखिममा परेको साकेलाका राजकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालै यो समस्याप्रति सरोकारवालाको ध्यान जान जरुरी छ ।”

अहिले बर्षायाम सुरु हुनै लाग्दा बरुवा नदीमा पानीको बहाव दिनानुदिन बढ्दै जान थालेपछि बाढीले बाँधको पुरानो संरचना खोल्ने र भत्काउने खतरा बढ्दै जान थालेको र केही ढुङ्गा बगाउन थालेपछि बाँध फुट्नसक्ने अवस्थामा पुगेको हो । “बाँध फुट्यो भने त बस्ती निकै खतरामा पर्ने छ” शिवालय टोलका दीपिका कार्कीले बताउनुभयो । उहाँका अनुसार यसअघि पटक–पटक बाँध भत्किँदा स्थानीय विस्थापित हुनुपरेको थियो ।

स्थायी रुपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि विसं २०३१, २०३९ र २०५७ सालमा भत्किएको त्रियुगा–११ का युवराज बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा पर्दा अधिकांश स्थानीय विस्थापित भएको थिए ।

स्थानीयले स्थायीरुपमा पक्की बाँध निर्माण नर्गदा वर्सेनि बरुवा नदीको बाँध भत्कदै गएको र नदीले कटान गर्दै लगेको बताएका छन् । यसवर्ष पनि समयमा बाँध पुनःमर्मत नहुँदा अहिले गाईघाट बजारसहित आसपासका करिव दुई हजारभन्दा बढी घर उच्च जोखिममा परेको सङ्गमटोलका कर्णबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले स्थायी प्रकृतिको बाँध निर्माणप्रति विशेष ध्यान दिनु जरुरी छ ।”

दुई वर्षअघि पनि वर्षा लागेसँगै आएको बाढीले बरुवाको बाँध भत्काउन थालेपछि स्थानीय प्रशासन, नगर कार्यालय, नेपाली सेना, प्रहरीको टोलीले बोरामा बालुवा भरेर भत्किएका बाँध पुनःमर्मत गरेर गाईघाट क्षेत्र सुरक्षित गरिएको थियो । बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तराजाली नै नष्ट भइसकेको, बाँध क्षेत्रका ढुङ्गासमेत हिउँदमा ट्र्याक्टर व्यावसायीले उत्खनन गर्ने गरेपछि वर्सेनि बरुवा नदीले बाँध भत्काउँदै आएको हो ।

स्थानीयवासीले बाँस तथा बालुवामा बोरा राखेर बनाएको अस्थायी तटबन्धन दुई वर्षभन्दा बढी नटिक्ने गरेको गाईघाटका बृद्ध रत्नकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अब बर्षा लागिसक्यो, बाँध मर्मत गर्न पनि समस्या होला, यसप्रति कस्ले ध्यान दिने खै १” उहाँले हालै नविनिर्वाचित जनप्रतिनिधिले तत्कालै चासो दिनुपर्ने बताउनुभयो ।

यसअघि पनि दुईपटक बरुवा नदीको बाँध फुटेर गाईघाट क्षेत्रमा नदी प्रवेश गर्दा करिव पाँचसय बासिन्दा विस्थापित भइसकेका छन् । यसपटक पनि वर्षा सुरु भैसक्दा तटबन्धन मर्मत एवं पुनःनिर्माणको कामले प्राथमिकता नपाउँदा गाईघाटका स्थानीय निकै त्रासमा बसेका छन् । रासस




भर्खरै