६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपस्टार शाकिरा र फुटबल खेलाडी पिकेबीच सम्बन्धविच्छेद



अ+ अ-

काठमाडौँ । कोलम्बियाकी पपस्टार र फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्धविच्छेद भएको छ । पिके स्पेनको बार्सिलोनाका फुटबेल खेलाडी हुन् । आफूहरुबीचको १२ वर्षदेखिको सम्बन्धलाई टुङ्ग्याउने निर्णय गरेको दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।

विज्ञप्तिमा उनीहरुले आफूहरु अलग भएको जानकारी गराउँदै खेद व्यक्त गरेका छन् । साथै उनीहरुले आफ्ना बालबच्चा मुख्य प्राथमिकता भएको जनाउँदै उनीहरुको गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन् ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगिता सुरु हुनुअघि यी दुईबीच भेट भएको थियो र पछि सन् २०११ मा विवाह गरेका थिए । सो प्रतियोगितामा शाकिराले अफिसियल गीत ‘वाका वाका (दिस टाइम फर अफ्रिका’ गाएकी थिइन् जसमा पिकेलाई फिचर गरिएको थियो ।

४५ वर्षीया शाकिरा र ३५ वर्षीय पिकेका दुई सन्तान छन् ।