१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन



अ+ अ-

काठमाडौं । मुख्यसचिव शङ्करदास बैरागीले राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन दिनुभएको छ । विभागको समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्नुहुँदै उहाँले कानून, नियम, कार्यविधिमा सुधार, समन्वय, क्षमता विकास, अनुगमन, प्रतिवेदन र आमसञ्चारसँग अन्तरक्रिया गर्ने विषयमा ध्यान दिन निर्देशन दिनुभयो ।

गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा सुरक्षा निकाय तथा निजी क्षेत्र समेतको उपस्थिति थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवदीले राजस्व चुहावट नियन्त्रण र विदेशी विनिमय अपचलन नियन्त्रणका लागि अन्तर निकायगत आवद्धता र समन्वय राखेर काम गनुपर्नेमा जोड दिनुभयो ।
 
कार्यक्रमका अध्यक्ष तथा विभागका महानिर्देशक रामप्रसाद आचार्यले ‘भिसिटिएस’ कार्यान्वयनमा सहयोग गरेकोमा निजीक्षेत्रप्रति सम्मान व्यक्त गर्नुभयो । उहाँले राजस्व चुहावट तथा विदेशी विनीमय अपचलनजस्ता कानून विपरितका कार्यलाई हतोत्साही गर्न सम्वन्धित निकायहरूबीच समन्वय राखेर कार्य गर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले अपराधिक कार्य कुन हो  भन्ने छुट्याएर सोमा अनुसन्धान केन्द्रित गर्नुपर्ने र अदालतबाट भएको फैसला अध्ययन गरेर सोही बमोजिम अनुसन्धानको रणनीति अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
 
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग वाणिज्य महासङ्घका कर समिति सह–सभापति सन्दीपकुमार अग्रवालको सहभागिता थियो । उहाँहरूले व्यापारीको प्रतिष्ठामा आँच नआउने गरी अनुसन्धान गर्न र अनौपचारिक अर्थतन्त्रको न्यूनीकरणमा केन्द्रित हुन सुझाव दिनुभयो । कार्यक्रममा विभागअन्तर्गत ४ वटा कार्यालयका तर्फबाट छुट्टाछुट्टै तथा विभागबाट राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणका सम्बन्धमा प्रस्तुती र छलफल भएको थियो ।