२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीमा माधव कुमार नेपालको सात जिज्ञासा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका बारेमा सात ओटा  प्रश्न  राख्नु भएको छ ।पार्टीं केन्द्रीय कार्यलय उद्घाटनपछि शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सात ओटा बिषयमा आफूहरु स्पष्ट हुन चाहेको बताउनु भयो ।

उहाँले राख्नु भएको सात बुदा यस्तो रहेको छ 

१)  यो इण्डो प्यासिफिक रणनीति (आईपीएस) को अंग हुन्छ कि हुँदैन ? एमसीसी प्रोजेक्ट कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने कुनै शर्त छ कि छैन ? सेक्युरिटी अम्ब्रेलामा बस्ने शर्त हामीलाई मञ्जुर छैन । हामी कुनै पनि देशको सुरक्षा रणनीतिको अंग पनि बन्न सक्दैनौं ।

२) स्वतन्त्र परराष्ट्र नीति । परराष्ट्र नीतिमा पञ्चशीलको सिद्धान्तलाई अबलम्बन गर्ने र असंलग्न परराष्ट्र नीतिप्रति समर्पित रहन्छौं ।

३ ) छिमेकीहरुमा आशंका पैदा हुने, सुरक्षा आँच पुग्ने स्थितिलाई स्वीकार गर्दैनौं ।

४ ) यो प्रोजेक्ट आउँदा जहाँ हाइटेन्सन लाइन बन्छ, त्यो जग्गाको स्वामित्व, सार्वभौम अधिकार नेपालको रहने सुनिश्चितता चाहन्छौं ।

५) यो प्रोजेक्टको बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चितता चाहन्छौं ।

६) प्रोजेक्टमा नेपालीहरुले रोजगारी पाउने सुनिश्चित गर्न चाहन्छौं ।

७)  लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयले गर्ने सुनिश्चितता चाहन्छौं ।