१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ दशक कष्ट झेल्ने राष्ट्रवादी नेता



अ+ अ-

काठमाडौं । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व हुनुहुुथ्यो ।

आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा उहाँले त्यसलाई अस्वीकार गर्नुभयो । उहाँको जवाफ थियो, ‘‘यो आन्दोलन म आफैँ प्रधानमन्त्री हुन गरेको होइन ।’’ नेपाली काँग्रेसका कार्यवाहक सभापति नेता कृष्णप्रसाद भट्टराईको नाम प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएपछि उहाँ नेपाली राजनीतिमा त्यागी नेताका रूपमा उदाउनुभएको हो ।

इतिहास पुरुषहरूका विचारमा गणेशमान सिंह नामक पुस्तकमा गोविन्दप्रसाद उपाध्यायको स्मरण छ, ‘‘२०४६ को जनआन्दोलन सफल भएपछि गणेशमान नेपालको हिरो हुनुभयो, त्यसैले उहाँलाई सबैले सर्वमान्य भने । उहाँको त्याग, तपस्या, बलिदान र प्रजातान्त्रिक सङ्घर्षका लागि निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका कुनै पनि विश्व स्तरका राजनेताहरूसँग दाँज्न नसकिने उहाँको उचाइ छ ।’’
विसं १९७२ कात्तिक २४ गते काठमाडौँमा जन्मनुुभएका सिंहले १९९७ सालमा स्थापित प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय हुनुभयो । प्रजा परिषद् नेपालको पहिलो राजनीतिक दल हो ।

गणेशमानसँगै जेलमा बस्नुुभएका हरिकृष्ण श्रेष्ठले भन्नुुभएको छ, ‘‘एक दिन नरशमशेर आएर गणेशमानलाई निच भाषा प्रयोग गर्दै ‘गणेशमान यो तेरो नरदेवी होइन’ भन्यो । गणेशमानको जवाफ थियो, जहाँ गणेशमान हुन्छ, त्यहीँ नरदेवी हो । यो सुन्ने बित्तिकै नरशमशेरले एक मुक्का हान्यो, गणेशमानको मुखबाट रगत बग्न थाल्यो । अनि गणेशमानले चिच्याउँदै ‘मर्द होस् भने आइज, सिक्री खोलेर मैदानमा लड्न तयार छु ।’ गणेशमानको जवाफ सुनेपछि नरशमशेर रातो मुख लगाएर हिँडेका थिए ।’’

गणेशमान सिंहका छोरा एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह भन्नुहुन्छ, ‘‘गणेशमानजीले जति कोर्रा सायद कसैले खानुु परेन होला, उहाँसँगै जेलमा परेका चार जनालाई वि.सं १९९७ मा राणाहरूले फाँसीको सजाय दिएका थिए ।’’ जेलबाट १२ फिट र २४ फिटका दुुईवटा पर्खाल नाघेर गणेशमान भाग्न सफल हुनुभएको थियो ।

चार जनालाई फाँसी दिएपछि अब गणेशमान सिंहको पालो थियो । हर्षलाल श्रेष्ठले त्यतिबेलाको अवस्था औँल्याउँदै भन्नुुभएको छ, ‘‘दुई पटक हामीलाई फाँसीमा झुन्ड्याउने उद्देश्यले लगे । दुई पटक नै ठूलो पानी परेकाले के सोचेर हो, हामीलाई फाँसी दिएनन् । तेस्रो पटक फाँसीमा झुन्ड्याउन लाँदा राजा त्रिभुवनले हस्ताक्षर गर्न मान्नुभएन, बेलुकाको समय थियो, युवराजाधिराज महेन्द्रले राति हस्ताक्षर नगर्ने, भोलि बिहान गर्दा पनि हुन्छ भनेपछि त्यस दिन फाँसी टर्यो ।’’ श्री ५ त्रिभुवन त्यहीँबाट सोझै भारतीय राजदूतावासमा शरण लिन पुगेकाले गणेशमान लगायतलाई दिने भनिएको फाँसी रोकिएको भनाइ हर्षको छ ।, यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।