१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन



अ+ अ-

एजेन्सी । अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ । उहाँको शुक्रबार ८४ बर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ । 

सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उहाँले झण्डै दुई दशक अल्जेरियामा शासन गर्नु भएको थियो ।  

उहाँले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिनु भएको हो । देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहनु भएका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिनु भएको थियो । 
 
आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दवाव दिएको उहाँले बताउनु भएको थियो । उहाँले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो ।

आन्दोलनबाट सत्ताबाट बाहिरिनु भएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आउनु भएको थियो । उहाँ लामो समयदेखि सार्वजनिक हुनु भएको थिएन । फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उहाँ पहिलो पटक सन् १९९९ मा राष्ट्रपति हुनु भएको थियो । 

फ्रान्सेली उपनिवेश हटाउने संघर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो । देशलाई उपनिवेशबाट मुक्त गराउने संघर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उहाँले गरेको योगदानका कारण उहाँ उच्च सम्मानित हुनुहुन्थ्यो ।