१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने काठमाडौँ महानगरप्रमुख बालेन साहको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ महानगर उपप्रमुख सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौँको फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोल पुगेर प्रमुख साहले एक साताभित्र केमिकल प्रयोग गरेर सो क्षेत्रलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“एक सातामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्यास पनि बनाइन्छ । त्यसका लागि तीन महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ”, उनले भने ।

बन्चरेडाडाँको पनि रिपोर्ट हेरिएको भन्दै उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर मल र ग्यास निकाल्ने बताए । प्रमुख साहका अनुसार यसका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि काठमाडौँ महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ ।

विज्ञहरुसँग आफूले यसका लागि छलफल गरिसकेको उल्लेख गर्दै तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्ने र सिसडोल तथा बन्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने बताए ।

सबै काम पूरा गर्न केही समय लाग्ने भएकाले काठमाडौँमा जम्मा भएको फोहोरको व्यवस्थापनमा अवरोध नगर्न उनले स्थानीयवासीलाई आग्रह गरे । उनले स्थानीयवासीको सबै समस्या समाधान गर्ने भन्दै तर फोहोर विसर्जन गर्न स्थानीयवासीले अवरोध गर्न नहुने बताए ।