२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सत्ताधारी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, चुनावपछि कता हराउँछन्, कता बिलाउँछन्’



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खरबौँ रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको बताउनुभएको छ । 

शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अरबौँको खेल गरेको बताउनुभयो । सरकारले सेटिङमा अरबौँ रुपयाँ तलमाथि पर्नेगरी करको दर हेरफेर गरेको उहाँले बताउनुभयो । आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उहाँले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अरबौंको मात्र होइन खरबौँको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो ?सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरुलाई, तपाईहरुलाई भन्न चाहान्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्व्च्छताको प्रतिक संगठन बन्नुपर्छ ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गर्नुभयो । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन थरथर काम्दै डराउँदै । चुनाव प्रतिगमन हुन्छ त के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा ? अब १४ महिना पछि चुनाव त गर्नुपर्छ । के देश अनिवार्य रुपमा प्रतिगमनमा जानेभयो त चुनाव गर्दा । जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो ? संविधान मिचिएको हो त ? कस्तो शासन खोजेका छन् यि तानाशाहहरुले ? तर चुनाव गराउन यिनीहरु बाध्य छन् । 

तपाईहरुलाई दुःख कष्ट यस विचमा दिन सक्छन् । धेरै चिन्ता नगर्नुस् । चौध महिनामा चुनाव हुन्छ । पन्ध्र महिनामा सरकार बन्छ । यि कता हराउँछन् । कता बिलाउँछन् । यि फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफै परेको आइस् होइन यो । फ्रिजमा बनाइएका आइस हुन् । यि डल्ला बाहिर राखिदिएपछि एकछिन पछि पग्लिहाल्छन् । त्यसकारण धेरै चिन्ता गर्नुपर्दैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिनुभयो । जुन पार्टीको सरकार भएपनि कर्मचारीहरुले आफ्नो कर्तव्य, नियम, कानूनको परिधि भित्र रहेर सक्रियताका साथ भुमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘हाम्रो काम देशको सेवा गर्ने हो । जनताको सेवा गर्ने हो । कर्तव्यनिष्ठ भएर सेवा गर्ने हो । त्यसकारण कुन सरकार छ भन्ने कुरा होइन, आफ्नो कर्तव्य नियम, कानून बमोजिम, नियम, कानूनको परिधि भित्र रहेर आफ्नो कर्तव्य जुनसुकै सरकार आओस् तपाईहरुले सक्रियताका साथ निर्वाह गर्नुपर्छ । सरकारलाई असहयोग गर्ने होइन । सरकारलाई असहयोग गर्ने भनेको काम नगर्ने हो । 

काम नगर्ने भनेको देश विकासलाई अझ पछाडी पार्ने हो । यो बुद्धि त कांग्रेस र माओवादी केन्द्रको जस्तो भएन ? यस्तो बुद्धिका पछाडी लाग्नु हुदैनँ । हामी राष्ट्रसेवक हुँ । तपाईहरुले कुनै पार्टीको सदस्य भएर सेवा प्रवाह गर्ने होइन । उसले प्राप्त गर्ने सेवा उसको अधिकारको कुरा हो । त्यो सेवा उसलाई उपलब्ध गराउनु तपाईहरुको कर्तव्य हो ।’

कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पु¥याउनुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले कर्मचारी भ्रष्टाचारको विरोधी र स्वच्छताको प्रतिक हुनुपर्ने पनि बताउनुभयो ।