• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै  ★   डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरी: महानिरीक्षक अर्याल ★   नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु ★   बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने भए: मन्त्री श्रेष्ठ ★   लामखुट्टे नपाइने विश्वको एकमात्र देश ★   मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ: उपप्रधानमन्त्री लामिछाने ★   डुम्रे-बेँसीशहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न ★   सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक ★   अस्पतालबाट डिस्चार्ज भएलगत्तै मुनवर फारुकीले दोस्रो विवाह गरेका हुन् ? ★   अमेरिकामा आँधीका कारण १८ को मृत्यु: लाखौँ प्रभावित

पेट्रोलियम पदार्थको मूल्य घटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेश गर्न सरकारलाई झकझक्याउन संसद्ले पहल गर्नु अत्यावश्यक भएको’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले पेश गर्नुभएको सो प्रस्तावमा अर्थतन्त्रका प्रमुख परिसूचकप्रति सरकारले यथेष्ट ध्यान पुर्याउन नसक्दा जनताको जनजीविकासँग जोडिएका खाद्यान्नलगायत अन्य उपभोग्य वस्तुको व्यापक मूल्यवृद्धि भएको र सरकारले मुद्रास्फितिलाई रोक्नाको साटो दिनानुदिन खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थको मूल्य स्वचालितरुपमा १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधानविपरीत मूल्य बढाइएको उल्लेख छ ।

सो प्रस्तावमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा यसले पार्ने बहुआयामिक असरबारे कुनै विश्लेषण नगरिएको र मूल्य समायोजन कसरी गर्न सकिन्छ भनेर प्रतिपक्षी दल एवं सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल नगरी निजीकरणको कुरा उठाइएको जनाइएको छ । प्रस्तावमा भनिएको छ, “नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरे पनि मूल्यवृद्धिका कारण निम्नवर्ग र कमजोर आयस्रोत भएको मानिसलाई जीवन यापन गर्न गाह्रो परिरहेको छ । जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिक र सर्वाधिक महत्वपूर्ण दायित्व सुनिश्चित गराउन तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका ल्याउन अत्यावश्यक छ ।”

सो प्रस्तावमा सांसदहरु यज्ञराज सुनुवार, गणेशप्रसाद पहाडी र राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्नुभएको छ । उक्त प्रस्तावमाथि जारी छलफलमा सांसदहरुले स्थानीय तहको निर्वाचन सकिएलगत्तै जनतालाई राहत दिनुपर्नेमा मूल्य बढाएर आहात बनाइएको र आफूहरुले आवाज उठाउँदा बिहीबार पेट्रोलमा प्रतिलिटर रु १० घटाइए पनि त्यो पर्याप्त र औचित्वपूर्ण नभएकाले यस विषयमा अधिकार सम्पन्न संसदीय छानविन समिति गठन गर्न माग गर्नुभयो ।

यही जेठ ९ गते सो प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो ।