१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ: उपप्रधानमन्त्री लामिछाने

मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ: उपप्रधानमन्त्री लामिछाने
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताउनुभएको छ ।

सोमवार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो ।

उहाँले वर्षायाम शुरु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना, सडक विभाग,हेलिकप्टर व्यवसायीको प्रतिनिधि,मौसम पूर्वअनुमान,जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताउनु भयो । उहाँले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन निर्देशन दिनुभयो । उहाँले मनसुन शुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले ट्याक्स फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिनुभयो ।

उहाँले अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउन पनि सुझाव दिनुभयो । उहाँले विपद्मा उद्धार र राहतका लागि अफ्ठ्यारा अवस्थाहरुलाई मन्त्रीपरिषद्ले गर्नुपर्ने कुनै काम र कानून भए तत्काल दिन आग्रह गर्नुभयो । उहाँले विपद्मा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि नै तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो । उहाँले बाढी पहिरोको कारण सडक अवरुद्ध हुँदा तत्कालको लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले बेलीब्रिजको अवस्था तत्काल सार्वजनिक गरी व्यवस्थित गर्न पनि निर्देशन दिनुभयो । उहाँले एडिआरआरईलाई विपद् आउन सक्ने १० जोखिम क्षेत्र तत्कालै टिम पठाउन निर्देशन दिनुभयो । उहाँले अति जोखिम क्षेत्रका नागरिक बचाउन अहिलेदेखि नै तयार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्नेगरी टिम तयारी बनाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘ मनसुन शुरु भएकाले प्राकृतिक विपद्मा जनतालाई राहत र उद्धारको लागि सबै निकायहरुको प्रतिनिधित्व हुनेगरी जेठ १९ देखि असोज १९ गतेसम्मको लागि गृह मन्त्रालयको नेतृत्वमा ट्याक्स फोर्स बनाउँछौं । त्यो टिमले सम्पूर्ण अधिकार पाउँछ । ट्याक्स फोर्सको कार्ययोजना र कार्यविधि बनाएर कामको थालनी गर्नुहोला । एक वर्षको मनसुनको लागि एउटा कार्यविधि बन्छ । अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउनुपर्छ । त्यसको लागि मैले मन्त्रीपरिषद् वा कसरी काम गर्नुपर्छ तत्काल दिनुुस् । तीन दिनभित्र सबै निकायहरुसँगको समन्वयमा ट्याक्स र्फोस बनाउनु होला । समितिमा सडक विभाग,हेलिकप्टर एशोसिएशनका प्रतिनिधि,मौसम पूर्वअनुमान,जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी बनाउनुस् ।’

‘विपतमा सरकारले निर्णय गर्न नसक्दा कुनैपनि नागरिकको ज्यान जानु भएन । त्यो निर्णय कहाँबाट गर्न सकिन्छ तीन दिनभित्रमा कार्ययोजना बनाएर मलाई दिनुस् । विपतमा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि तयारी गरौं । बेलीब्रिज कति रहेका छन् । १८ वटा भनिएको छ । त्यसको अधिकार पाएको क्षेत्र कुन हो । को मातहतमा कस्तो अवस्था छ तीन दिनभित्र सार्वजनिक गर्नुस् । एडिआरआरईले विपद् आउन सक्ने १० जोखिम क्षेत्र तत्कालै टिम पठाउनु पर्‍यो । त्यहाँका नागरिक बचाउन अहिलेदेखि तयार गर्नुपर्छ । बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्न टिम पाउने व्यवस्था गर्नुस् । अति जोखिमको क्षेत्रमा सरकार तत्काल पुग्नुपर्छ ।’

उहाँले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभुति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले उक्त लक्ष्य पूरा गर्नको लागि सम्बन्धि निकायहरुले त्यही अनुसार अहिलेदेखि तयार थाल्न जरुरी रहेको बताउनु भयो ।