२९ श्रावण २०८३, शुक्रबार
,
Latest
ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु



अ+ अ-

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु गरेको छ ।

समितिले सोमवारदेखि नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु गरेको हो । समितिले चारवटा दफामा छलफल गरेको छ । दफावार छलफलको पहिलो दिन समितिले दफा १ को संक्षिप्त नाम र प्रारम्भ, दफा २ को परिभाषा, दफा ३ को विश्वविद्यालयको स्थापना र दफा ४ को विश्वविद्यालय स्वशासित र संगठित संस्था हुने सम्बन्धमा छलफल भएको छ । छलफलमा भाग लिँदै सांसदहरुले सम्बन्धित दफाहरुमा आ–आफ्नो धारणा राखेका छन् भने समितिका संशोधनकर्ता सांसदहरुले पनि आ–आफ्नो धारणा राखेका छन् । समिति सभापति अम्मरबहादुर थापाले चारवटा दफामा छलफल भएको भएपनि कुनै निष्कर्ष ननिस्किएको बताउनु भयो । उहाँले छलफललाई जारी राख्ने र संशोधनकर्ताले उठाएका कुराहरुलाई मध्येनजर गर्दै निष्कर्षमा पुगिने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘बंगलादेशमा एमबिबिएस पढ्ने विद्यार्थीहरुको सम्बन्धमा मन्त्रीसँग के भएको छ भनेर जानकारी लिइयो । अस्ति हामीले समितिबाट निर्णय गरेर पठाएका थियौँ । त्यसको विषयमा अहिले बंगलादेशले ९ जना विद्यार्थीहरुलाई हटाएको थियो त्यसमा थप गरेर पढ्न पाउने भएका छन् भन्ने समाचार सुनियो । अर्को कुरो साढे तीनसय विद्यार्थीहरु, दोस्रो सेमेस्टरमा फेल भएका विद्यार्थीहरुले मौका परीक्षा पाएनन् । कानूनी रुपमा नपाउने अवस्था रहेछ । त्यसैले त्यसलाई पनि कसरी परिमार्जित गरेर अगाडी बढ्न सकिन्छ भनेर मन्त्रीहरुलाई निर्देशन गरिएको छ । दोस्रो सेमेस्टरमा मौका परीक्षा नपाएका विद्यार्थीहरुको पैसा एकमुष्ट लगिएको छ त्यो फिर्ताको लागि मन्त्रालयले छिटोभन्दा छिटो पहल गरोस् र त्यसको जवाफ चाहियो भन्ने निर्देशन मन्त्रीलाई गएको छ । मन्त्रीले त्यसमा गर्छु भनेर जानुभएको छ । प्रश्तावनादेखि दफा ४ सम्म छलफल भएको । निष्कर्ष निस्किएको छैन । निर्णय भएको छैन । छलफलको टिपोर्ट भइरहेको छ । संशोधनकर्तासँग बोलाएर छलफल गरिसकेको । दफावार छलफलमा संशोधनकर्ता माननीयले के–के राख्नुभएको छ । राष्ट्रिय सभाबाट आएकोले राष्ट्रिय सभाले के पारित गरेको छ ? र हाम्रो मुल विधेयक के छ ? यि तीनवटा विषयको तिनवटै बुँदामा छलफल हुन्छ हाम्रो ।’

राष्ट्रिय सभाबाट प्रतिवेदनसहित पारित भएर आएको सो विधेयकको सम्बन्धमा सांसदहरुले एकल र संयुक्त रुपमा १९ वटा संशोधनको प्रश्ताव दर्ता गरेका थिए । समितिले संशोधनकर्ताहरुसँग छलफल गरिसकेको छ । समिति सभापति थापाले अब सो विधेयकको सम्बन्धमा दफाबार छलफल निरन्तर अगाडी बढ्ने जानकारी दिनुभयो ।