१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कानुन व्यवसासी राष्ट्रिय सम्मेलन: न्यायपालिकाको शुद्धतामा बहस

कानुन व्यवसासी राष्ट्रिय सम्मेलन: न्यायपालिकाको शुद्धतामा बहस
अ अ+ अ-

काठमाडौँ । नेपालको न्यायपालिका गिजोलिएको र संसद्मा महाअभियान प्रस्ताव दर्ता भई प्रधानन्यायाधीश निलम्बित रहेको अवस्थामा काठमाडौँमा आजदेखि नेपाल बार एशोसिएशनको ‘१५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । 

कानुन व्यवसाय तथा न्याय क्षेत्रको विकृति र विसङ्गतिका विषयमा घनिभूत छलफल गरी कानुनको शासन, संवैधानिक सार्वोच्चता, नागरिक अधिकारका पक्षमा महत्वपूर्ण निष्कर्ष निकाल्दै आएको सम्मेलनको १५औँ संस्करणमा न्यायपालिकाको शुद्धतामा बहस केन्द्रित गरिएको छ । 

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मुलुकका विभिन्न ९० बार एकाइका प्रतिनिधि सहभागी जारी तीन दिने सम्मेलनले कानुनी क्षेत्रका विषयगत ६ सत्रमार्फत विविधपक्षमा छलफल गरी काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

यसपटकको सम्मेलनमा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको एक समितिले न्यायक्षेत्र सुधारको विषयमा तयार पारेको प्रतिवेदनमा आधारित रहेर छलफल हुने र बारको आधिकारिक निष्कर्षसहित काठमाडौँ घोषणापत्र जारी गरिने नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

सोही प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा नेपाल बारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासामु विभिन्न बुँदा समेटेर न्याय क्षेत्र सुधारमा पहल गर्न सुल्झाएको थियो । उक्त प्रतिवेदनलाई ‘न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा पेश गरेको प्रतिवेदन’ नाम दिइएको छ । 

त्यसले न्यायाधीशको नियुक्तिदेखि समस्या रहेको र न्यायाधीशको सरुवा, काज, न्यायाधीशमाथिको कारबाहीमा नै असमानता रहेको र विचौलियाका कारण भ्रष्टाचार बढेको औँल्याइएको छ । त्यही प्रतिवेदन कार्यान्वयनमा जबरा अनिच्छिुक देखिएपछि गएको कात्तिक १४ गतेबाट बारे आन्दोलन थालेको श्रेष्ठ बताउनुहुन्छ । 

सम्मेलनमा सहभागी बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई त्यो बेला १९ बुँदामा प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराएको सुनाउनुहुन्छ । “न्यायपालिकामा विकृति विसङ्गति भित्रिन थाल्यो, धेरै फैसला विवादिन भए”, भट्टराई भन्नुहुन्छ, “अनि बारले आन्दोलन थालेको हो, आन्दोलनकाबीच प्रधानन्यायाधीश माथि महाअभियोग प्रस्ताव दर्ता भएको छ, त्यो निलम्बनका लागि मात्रै हो की, पारित गर्नका लागि हो, गम्भीर हुनुपर्छ ।” 

उहाँको भनाइमा धेरै वरिष्ठ अधिवक्ता सहमत हुनुहुन्छ । उहाँहरुको अब प्रधानन्यायाशधीशलाई  फिर्ता आउने ठाउँ दिन नहुनेमा जोड छ । त्यसका लागि बार तयारीमा रहनुपर्ने र सम्मेलनले उपयुक्त निर्णय गर्ने उहाँहरुको आशा छ । नेपाल बारका निवर्तमान अध्यक्ष शेरबहादुर केसी नेपालका न्यायालयमा भनसुन नभइ काम नै नहुने अवस्था सिर्जना भएको देखेसो गर्नुहुन्छ । सम्मेलनकै क्रममा उहाँले भन्नुभयो, “न्यायालयका फाँटवालाकामा कुरा नमिलाइ काम नै हुन्न, अब यस्तो भ्रष्टाचारको निर्मूल हामीबाटै हुनुप¥यो, अदालतमा जाँदा न्याय पाउँछु भन्ने महसुस गराउनुपर्छ ।” 

अर्का पूर्व अध्यक्ष प्रेमबहादुर खड्का अहिले बारले चलाएको आन्दोलन चोलेन्द्र शम्शेरको विरुद्ध नभइ भ्रष्टाचार निर्मूल पार्ने आन्दोलन भएकाले बारको आगामी चैतमा हुन लागेको अधिवेशनमा यही भ्रष्टाचारविरुद्धको आन्दोलनमा सक्रिय भएकालाई नै ल्याउनुपर्ने सुझाव दिनुहुन्छ । 

पूर्व अध्यक्ष विश्वकान्त मैनाली न्यायालय विगतको हुकुमी शासन भन्दा पनि बढी हुकुमी हुँदै गएकाले अब संविधानबाटै विशेष संरचना निर्माण नगरेसम्म सुधार हुने देख्नुहुन्छ । त्यसैले अहिलेको सम्मेलन न्याय क्षेत्रको शुद्धतामा केन्द्रत हुनुपर्ने सुझाव उहाँको छ ।

अर्का पूर्व अध्यक्ष शम्भु थापा महाअभियोग पारित नभए प्रधानन्याधीशलाई पवित्र न्यायापालिकाका लागि अस्वीकृत गर्नुपर्ने धारणा राख्नुहुन्छ । “महाअभियोग पारित भएन भने के गर्ने, बारको यो सम्मेलनले निर्णय गरोस्, प्रधानन्यायाधीश अब फेरि आउनु भनेको न्यायापालिकामा दाग लाग्नु हो”, उहाँले भन्नुभयो । 

 बारका अर्का पूर्व अध्यक्ष हरिहर दाहाल बार–बेन्चको साझा अवधारणा नै न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदन रहेको र अब प्रधानन्यायाधीशको सहज वहिर्गमनलाई केन्दित गरेर बहस गरी एक स्वरले काठमाडौँ घोषणापत्र जारी हुनुपर्नेमा जोड दिनुहुन्छ । 

सम्मेलनमा महान्यायाधिवक्ता खम्बबहादुर खाती न्याय सम्पादनमा योग्यता र क्षमतामा प्रश्न उठेकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । उहाँले अन्तरकालीन आदेश र अन्तरिम आदेशले धेरै कामकारबाहीमा अवरोध  भएकाले त्यसका लागि कार्यविधि बनाउने तयारी गरेको सुनाउनुभयो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अहिलेको कानुन व्यवसायीको सम्मेलन विगतको भन्दा फरक अवस्था र परिस्थितिमा भइरहेको बताउँदै न्यायापालिकाभित्रको विषय पेचिलो बनेर उभिएको बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “भरोसायोग्य न्यायपालिका स्थापनामा गम्भीर आत्मसमीक्षा जरुरी छ ।” रासस