२ भाद्र २०८३, मंगलवार
,
Latest
टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप एसिया छनोट : कतारालाई हराउँदै नेपालको विजयी सुरुआत



file
अ+ अ-

यू–१९ विश्वकप एसिया छनोट : कतारालाई हराउँदै नेपालको विजयी सुरुआत

काठमाडौँ । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा विजयी सुरुआत गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेटको क्षतिमा ११७ रन बनाएको थियो । नेपालका लागि आशा पुलामी मगर ३२ र श्रृष्टि जैसी २३ रनमा अविजित रहे । त्यस्तै सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन जोडे ।

जवाफमा ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव ४ ओभरमा ३८ रनमा अलआउट भयो । नेपालका लागि बलिङमा श्रृष्टि जैसीले ३ विकेट लिइन् । त्यस्तै स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिए ।

छ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितमा नेपाल बाहेक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

खेल तालिकाअनुसार नेपालले शनिबार यूएई, सोमबार भुटान, मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।