२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जथाभावी निर्माण सामग्री राख्नाले हिँडडुल गर्न समस्या



file photo
अ+ अ-

टीकापुर । कैलालीको टीकापुरमा जथाभावी निर्माण सामग्री राख्नाले नागरिकको स्वास्थ्यमा समस्या पर्न थालेको छ । शहरका अधिकांश खुला मैदान ढुङ्गा, बालुवा र माटोले भरिएका छन् । वरिपरि घर, बीचमा रहेका खुला मैदानमा बालुवा र ढुङ्गा थुपार्दा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको जनाइएको छ । टीकापुरको सिटी बसपार्कसहित टीकापुर अस्पतालको परिसर र विभिन्न ब्लकमा रहेका खुला मैदान ढुङ्गा, माटो र बालुवाले भरिएका छन् ।

यसरी ढुङ्गा, माटो र बालुवा थुपार्दा स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या हुन थालेको छ । यसरी थुपारिएका निर्माण सामग्री हावाहुरीले उडाउँदा घरभित्र पस्ने गरेको स्थानीय बताउँछन् । बालुवा र माटो उड्दा घरभित्रै बस्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । खुला क्षेत्रमा बालबालिका खेल्न सक्ने वातावरणसमेत नरहेको स्थानीयको गुनासो छ । स्थानीयले बारीमा लगाएका तरकारीसमेत धुलोधुवाँले नष्ट हुन थालेका छन् । यसरी थुपारिएका सामग्री राख्दा र उठाउँदा ध्वनि प्रदूषण भई रातिको समयमा सुत्नसमेत समस्या हुने गरेको स्थानीय रामप्रसाद ढुङ्गानाले बताउनुभयो । ‘‘सिटी बसपार्क भने पनि बस आउँदैनन्, बस बिसौनी भएको ठाउँमा बालुवाको थुप्रो छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले निर्माण सामग्री राख्ने उचित स्थानको व्यवस्था गर्नुपर्छ ।’’उहाँले खुला ठाउँमा निर्माण सामग्री नराखभन्दा कतिपयले व्यक्तिगत दुश्मनीका रुपमा लिने गरेको बताउनुभयो ।

खुला मैदानमा मानिस साँझ र बिहानको समयमा रमाउने, हरियाली, बगँैचा भएको वातावरण बनाइनुपर्ने हो तर त्यसो हुन सकेको छैन । जसले गर्दा मानिसलाई खुला ठाउँमा हिँड्नसमेत समस्या हुने गरेको स्थानीयवासी खगेन्द्र विनाडीको गुनासो छ । “मानव बस्तीको बीचमा माटो, बालुवा र ढुङ्गाको थुपार्नु सरासर गलत हो”, उहाँले भन्नुभयो, “धुलोले नागरिकलाई पार्ने असरका बारेमा निर्माण सामग्री राख्ने व्यक्तिले पनि बुझ्दैनन् र स्थानीय सरकारले पनि चासो देखाएको छैन ।”

यसरी राखिएका निर्माण सामग्रीले प्रदूषण बढाउँछ । यसले वायु प्रदूषण, पानीमा प्रदूषणसमेत बढाउने भएकाले रुघाखोकी, श्वासप्रश्वासको समस्या, निमोनिया हुनसक्ने जोखिम रहन्छ । पानी र खाना दूषित हुँदा झाडापखाला लाग्ने, हेपाटाइटिसको समस्या, छाला तथा पेटको समस्या हुनुका साथै बालीनालीमा नोक्सान हुने टीकापुर अस्पतालका चिकित्सक संवाद खरेल जानकारी दिनुभयो । “मानिस निरोगी रहन धुलोधुवाँबाट टाढा रहने, बाहिरबाट आउने बित्तिकै हातखुट्टा धुने, मास्कको प्रयोग गर्नेजस्ता कुरामा ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “गर्मी मौसममा पनि रुघाखोकी र श्वासप्रश्वासका समस्या भएर बालबालिका उपचारमा आउने गरेका छन् ।”

टीकापुर नगरपालिकाले जथाभावी निर्माण सामग्री राखिएपछि गत वर्ष जथाभावी निर्माण सामग्री राख्नेको विवरण सङ्कलन गरेको थियो । सङ्कलनपछि निर्माण सामग्री थुपार्नेलाई नगरपालिकामा बोलाएर १५ दिने अल्टिमेटम दिए पनि सामग्री नहटाएको र यसपछि नगरपालिकाले कारबाही प्रक्रियाअघि नबढाएको नगर प्रहरीका संयोजक पहल शाहले बताउनुभयो ।

टीकापुर नगर प्रमुख रामलाल डगौरा थारुले खुला मैदानमा भएको अतिक्रमण हटाएर टीकापुरलाई हरियो सहर बनाउने जानकारी दिनुभयो । “ कार्यभार सम्हाल्दा नै टीकापुरलाई हरियो सहर बनाउने निर्णय गरेका छौँ, अब सबै अतिक्रमण हटाएर सबै खुला मैदानमा वृक्षरोपण गरिनेछ”, उहाँले भन्नुभयो, “अब खुला मैदानमा आँप, लिची, अम्बा, फूल रोपेर बगैँचा बनाउने काम सुरु हुन्छ । सबै खुला मैदान मानिस रमाउने खालका उद्यानका रुपमा विकास हुनेछन् ।”




भर्खरै