२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्छ : कोइराला



file
अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा अरुण तेस्रो फर्केर जाँदा देश अन्धकारमा गएकोतर्फ ध्यान दिई पूर्वप्रधानमन्त्रीहरुबीच छलफल गरी यो विकासको योजनामा सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले साथीभाइसँग सल्लाह गरेर मात्र आफूले केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्ने बताउनुभयो । उहाँले भर्खरै वडा अधिवेशन सुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि अध्यक्षको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने प्रष्ट पार्नुभयो । 

उहाँले गठबन्धन दलका नेताले दुई प्रदेशमा मुख्यमन्त्री हाम्रो हुनुपर्छ भन्नु गैरजिम्मेवारी हो भन्दै प्रदेश नं १ वा बागमतीमध्ये एक प्रदेशमा मुख्यमन्त्री हाम्रो पार्टीको हुनुपर्छ भन्नुभयो । “वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानुपर्छ तर चुनावी तालमेलमा जानु हुँदैन”, उहाँले भन्नुभयो ।