१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटसल लिगमा धरानको विजयी सुरुआत



अ+ अ-

कास्की । पोखरामा आजदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को आयोजनामा पोखरा रङ्शगालाभित्रको  बहुउद्देश्यीय कर्भडहलमा सञ्चालन भएको आजको खेलमा गण्डकी प्रदेशको स्पोर्टस् क्यासल पोखरा र दी राइजिङ धरानले विजयी सुरुआत गरेका छन् ।

खेलमा स्पोर्टस् क्यासलले प्रभातफेरी युथ क्यासललाई ७–० गोलअन्तरले पराजित गर्न सफल भयो । स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ र खिमराज गुरुङले समान दुई गोल तथा किशोर गुरुङ, दीपेश घले र विजय गुरुङले एक/एक गोल गर्नुभयो । 

यसैगरी दी राइजिङ धरानले मच्छिन्द्र स्काइ गोललाई ५–४ गोलअन्तरले पराजित गरी जितको खाता खोल्न सफल भयो । राइजिङका रिओस मास्केले दुई र मिलन लिम्बू, दोर्जे तामाङ र सुदीप गुरुङले एक÷एक गोल गर्नुभयो । मच्छिन्द्रका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे पनि टोलीलाई जिताउन सक्नुभएन । मच्छिन्द्रका आशिस सुनमले एक गोल गर्नुभयो । 

नेपालमा पहिलोपटक आयोजना गरिएको फुटसल लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका छन् । खेल राउण्ड रोविन प्रणालीका आधारमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताले फुटसल खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने एन्फा फुटसल कमिटीका संयोजक रत्नकुमार श्रेष्ठले बताउनुभयो । 

लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित  खेलाडीलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ ।