• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

नेसन्स लिगः पोर्चुगल र स्पेनले बराबरी खेले



एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा पोर्चुगल र स्पेनले बराबरी खेलेका छन् ।

पोर्चुगलले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो ।

बेनिटो भिल्लामरिन मैदानमा बिहीबार राति भएको खेलमा घरेलु टोली स्पेनका अल्भारो मोराटाले २५ औं मिनेटमा गोल गर्दा पोर्चुगलका रिकार्डो होर्टाले ८२ औं मिनेटमा बराबरी गोल फर्काए ।

यो बराबरीपछि लिग ए ग्रुप बीमा दुवै टोलीले समान एक अंक जोडेका छन् ।

यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्वीट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ भने चेक समूहमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अंकविहीन स्वीट्जरल्यान्ड पुछारमा रहेको छ ।