२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातौं संविधान दिवस र गणतन्त्रको यात्रा आन्दोलन बिशेष



अ+ अ-

 काठमाडौ ।  आइतबार असोज ३ गते सातौँ संविधान दिवस । २०६२÷६३ को जनआन्दोलन पछि मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश  ग¥यो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा राजा ज्ञानेन्द्र शाहबाट अक्षमको आरोपित हुँदै बिघटन भएको  प्रतिनिधिसभा पुनः स्थापना भयो ।  

जन आन्दोलनमा सहकार्य गरेको नेकपा माओवादी पनि शान्ति प्रक्रियामा सहभागी भएर  पुनस्र्थापित प्रतिनिधिसभाका ८३ सदस्य सहित मन्त्रिमण्डलमा सहभागी भयो ।  त्यसपछि भएको पहिलो संविधान सभा निरर्थक रह्यो । दलहरुबीचको महत्वकाँक्षा, दाउपेचको राजनीतिको शिकार संविधानसभा भयो ।

दोस्रो पटक  भएको संविधानसभाको निर्वाचनले धेरै सहमति, केही असहमति सहितको संविधान असोज ३ गते जारी ग¥यो । यो अवस्थामा आइपुग्न लोकतान्त्रिक आन्दोलनको  ठूलो योगदान रहेको छ ।  

२१ दिने आन्दोलनको मुख्य दिन मध्येको एक दिन जुन दिन नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला गिरफ्तारीका पर्नुभएको थियो भने घाइते समेत हुनु भएको थियो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सडकमा आन्दोलनको मोर्चाका क्रियाशील हुनुहुन्थ्यो । यस्तै ८४ वर्षीय छायाँदेवी पराजुली दैनिक आन्दोलनमा आएर आन्दोलनकारीको शक्तिमा उर्जा भर्नुहुन्थो । हामीले यही ऐतिहासिक आन्दोलनको विशेष भिडियो प्रस्तुत गरेका छौं ।