२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा नगरपालिकास्थित गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधार अभाव



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ नौखरीस्थित बृन्दावन सामुदायिक गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधारको अभाव हुँदै आएको छ । केन्द्रमा नगर क्षेत्रमा छाडारूपमा छाडिएका गाईगोरुलाई ल्याएर राख्ने गरिएकाले तिनको सङ्ख्या पनि निकै बढी छ तर त्यसलाई धान्ने पूर्वाधार अभाव रहेको केन्द्रको व्यवस्थापनको कार्य गर्दै आउनुभएका वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो ।

केन्द्रमा हालसम्म गाईगोरु राख्नका लागि तीनवटा जस्तापाताका ट्रष्ट, खानेपानीका लागि पाँचवटा अटोजन नल्का, दुईवटा बोरिङ, चारवटा सौर्य बत्ती, तीनकोठे पक्की भवन निर्माण गरिएको छ । गाईगोरु राखिँदै आएको सामुदायिक वन क्षेत्रको चार किलोमिटर क्षेत्रमा काँडेर तार लगाइएको छ । “गाईगोरु व्यवस्थापन केन्द्रमा विद्यमान संचरनाले पुग्दैन”, वडाध्यक्ष ऐरले भन्नुभयो, “केन्द्रमा ४०० भन्दाबढी बेवारिसे गाईगोरुलाई राखेका छौँ । यसका लागि अझै तीनवटा ट्रष्ट निर्माण गरिनु आवश्यक छ । गाईगोरुको सङ्ख्या बढी हुँदा वर्षाको समय र हिउँदमा खुला आकासमुनि राख्नुपर्ने बाध्यता छ ।”

निर्माण भएका संरचनामा थोरैमात्रै गाईगोरुलाई राख्न सकिन्छ । धेरैलाई खुला आकाशमै राख्नुपर्छ । यस्तो अवस्थमामा अत्यधिक चिसो र वर्षात्का कारण गाईगोरुको ज्यानसमेत जाने गरेको उहाँको भनाइ थियो । गाईगोरुलाई सुरक्षितरूपमा राख्नका लागि भौतिक पूर्वाधारको पूर्णता नभएको वडाध्यक्ष ऐरले बताउनुभयो ।

केन्द्रमा राखिएका गाईगोरुलाई चरन क्षेत्रको समेत अभाव छ । बृन्दावन सामुदायिक वन क्षेत्र मात्रै गाईगोरुको चरन क्षेत्रका रूपमा प्रयोग हुँदै आएको छ । अन्य सामुदायिक वनले चराउनका लागि अनुमति नदिँदा समस्या भएको छ ।गाईगोरु बिरामी हुदा पशु प्राविधिक बाह्य क्षेत्रबाट चर्को शुःल्क तिरेर ल्याउनुपर्ने अवस्था रहेकाले यस्तो समस्या समाधान गर्न केन्द्रमै पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा अध्यक्ष ऐरले जोड दिनुभयो । नगरपालिकाको कार्यालयलाई यसबारे पटक–पटक लिखित र मौखिकरूपमा जानकारी गराउँदासमेत बेवास्ता हँुदै आएको उहाँले उल्लेख गर्नुभयो । उपचारकै अभावमा कतिपय गाईगोरुको मृत्युसमेत हुँदै आएको छ ।

केन्द्रमा व्यवस्थापन गरिएका गाईको नश्ल सुधार गरी उन्नत प्रकारका बाछाबाछी उत्पादन गरी बिक्री गर्ने योजनासमेत छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान गर्ने कार्यलाई अगाडि बढाइएको छ । कृषिमा प्रयोग हँुदै आएको रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्नका लागि प्राङगारिक मल उत्पादन गरी सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष ऐरले बताउनुभयो । केन्द्रमा ठूलो क्षमताको गोबरग्यास प्लान्ट निर्माण गर्ने योजनासमेत अघि सारिएको छ ।

बजेट अभावले गाईगोरुका लागि घाँस खेतीलाई अगाडि बढाउन नसकिएको गुनासो गर्दै उहाँले आउँदो आवदेखि जग्गा लिजमा लिएर भए पनि घाँसखेती गरिने बताउनुभयो । नगरपालिकाले गाईगोरु व्यवस्थापन केन्द्र सञ्चालनका लागि बजेटको व्यवस्था गर्दै आएको छ ।“प्रतिवर्ष विनियोजन हुने बजेटले केन्द्र सञ्चालन गर्न निकै धौधौ छ”, अध्यक्ष ऐरले भन्नुभयो, “गाईगोरु हेरालुहरूका लागि तलब दिनमै बजेटको ठूलो हिस्सा सकिन्छ । व्यवस्थापनका लागि थोरै रकम हँुदा पु¥याउनै सकस हुन्छ ।” चालु आवमा गाईगोरु व्यवस्थापनका लागि रु ४० लाख बजेट विनियोजन भएकामा रु ३२ लाख खर्च भइसकेको छ ।

नवनिर्वाचित नगरप्रमुख रणबहादुर महराले गाईगोरु व्यवस्थापनको कार्यलाई प्रदेशकै नमूना बनाउने बताउनुभयो । “नगर क्षेत्रमा विगतमा छाडा गाईगोरु ठूलो चुनौतीका रुपमा थिए”, उहाँले भन्नुभयो, “केन्द्र निर्माणपछि व्यवस्थापनको कार्य भएको छ । समस्या समाधान हुँदै गएको छ । व्यवस्थापनको कार्यलाई नमूनाकारूपमा अगाडि बढाइने छ ।” रासस