८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग

शुक्लाफाँटा नगरपालिकास्थित गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधार अभाव

शुक्लाफाँटा नगरपालिकास्थित गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधार अभाव
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ नौखरीस्थित बृन्दावन सामुदायिक गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधारको अभाव हुँदै आएको छ । केन्द्रमा नगर क्षेत्रमा छाडारूपमा छाडिएका गाईगोरुलाई ल्याएर राख्ने गरिएकाले तिनको सङ्ख्या पनि निकै बढी छ तर त्यसलाई धान्ने पूर्वाधार अभाव रहेको केन्द्रको व्यवस्थापनको कार्य गर्दै आउनुभएका वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो ।

केन्द्रमा हालसम्म गाईगोरु राख्नका लागि तीनवटा जस्तापाताका ट्रष्ट, खानेपानीका लागि पाँचवटा अटोजन नल्का, दुईवटा बोरिङ, चारवटा सौर्य बत्ती, तीनकोठे पक्की भवन निर्माण गरिएको छ । गाईगोरु राखिँदै आएको सामुदायिक वन क्षेत्रको चार किलोमिटर क्षेत्रमा काँडेर तार लगाइएको छ । “गाईगोरु व्यवस्थापन केन्द्रमा विद्यमान संचरनाले पुग्दैन”, वडाध्यक्ष ऐरले भन्नुभयो, “केन्द्रमा ४०० भन्दाबढी बेवारिसे गाईगोरुलाई राखेका छौँ । यसका लागि अझै तीनवटा ट्रष्ट निर्माण गरिनु आवश्यक छ । गाईगोरुको सङ्ख्या बढी हुँदा वर्षाको समय र हिउँदमा खुला आकासमुनि राख्नुपर्ने बाध्यता छ ।”

निर्माण भएका संरचनामा थोरैमात्रै गाईगोरुलाई राख्न सकिन्छ । धेरैलाई खुला आकाशमै राख्नुपर्छ । यस्तो अवस्थमामा अत्यधिक चिसो र वर्षात्का कारण गाईगोरुको ज्यानसमेत जाने गरेको उहाँको भनाइ थियो । गाईगोरुलाई सुरक्षितरूपमा राख्नका लागि भौतिक पूर्वाधारको पूर्णता नभएको वडाध्यक्ष ऐरले बताउनुभयो ।

केन्द्रमा राखिएका गाईगोरुलाई चरन क्षेत्रको समेत अभाव छ । बृन्दावन सामुदायिक वन क्षेत्र मात्रै गाईगोरुको चरन क्षेत्रका रूपमा प्रयोग हुँदै आएको छ । अन्य सामुदायिक वनले चराउनका लागि अनुमति नदिँदा समस्या भएको छ ।गाईगोरु बिरामी हुदा पशु प्राविधिक बाह्य क्षेत्रबाट चर्को शुःल्क तिरेर ल्याउनुपर्ने अवस्था रहेकाले यस्तो समस्या समाधान गर्न केन्द्रमै पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा अध्यक्ष ऐरले जोड दिनुभयो । नगरपालिकाको कार्यालयलाई यसबारे पटक–पटक लिखित र मौखिकरूपमा जानकारी गराउँदासमेत बेवास्ता हँुदै आएको उहाँले उल्लेख गर्नुभयो । उपचारकै अभावमा कतिपय गाईगोरुको मृत्युसमेत हुँदै आएको छ ।

केन्द्रमा व्यवस्थापन गरिएका गाईको नश्ल सुधार गरी उन्नत प्रकारका बाछाबाछी उत्पादन गरी बिक्री गर्ने योजनासमेत छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान गर्ने कार्यलाई अगाडि बढाइएको छ । कृषिमा प्रयोग हँुदै आएको रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्नका लागि प्राङगारिक मल उत्पादन गरी सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष ऐरले बताउनुभयो । केन्द्रमा ठूलो क्षमताको गोबरग्यास प्लान्ट निर्माण गर्ने योजनासमेत अघि सारिएको छ ।

बजेट अभावले गाईगोरुका लागि घाँस खेतीलाई अगाडि बढाउन नसकिएको गुनासो गर्दै उहाँले आउँदो आवदेखि जग्गा लिजमा लिएर भए पनि घाँसखेती गरिने बताउनुभयो । नगरपालिकाले गाईगोरु व्यवस्थापन केन्द्र सञ्चालनका लागि बजेटको व्यवस्था गर्दै आएको छ ।“प्रतिवर्ष विनियोजन हुने बजेटले केन्द्र सञ्चालन गर्न निकै धौधौ छ”, अध्यक्ष ऐरले भन्नुभयो, “गाईगोरु हेरालुहरूका लागि तलब दिनमै बजेटको ठूलो हिस्सा सकिन्छ । व्यवस्थापनका लागि थोरै रकम हँुदा पु¥याउनै सकस हुन्छ ।” चालु आवमा गाईगोरु व्यवस्थापनका लागि रु ४० लाख बजेट विनियोजन भएकामा रु ३२ लाख खर्च भइसकेको छ ।

नवनिर्वाचित नगरप्रमुख रणबहादुर महराले गाईगोरु व्यवस्थापनको कार्यलाई प्रदेशकै नमूना बनाउने बताउनुभयो । “नगर क्षेत्रमा विगतमा छाडा गाईगोरु ठूलो चुनौतीका रुपमा थिए”, उहाँले भन्नुभयो, “केन्द्र निर्माणपछि व्यवस्थापनको कार्य भएको छ । समस्या समाधान हुँदै गएको छ । व्यवस्थापनको कार्यलाई नमूनाकारूपमा अगाडि बढाइने छ ।” रासस