१९ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक



अ+ अ-

काठमाडौँ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल कबड्डी लिग (एनकेएल)को खेल तालिका आज सार्वजनिक गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ ।

एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न छ सहरका छ टिमले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने यता जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्स विरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा ‘डेब्यु’ गर्नेछ ।

राउन्ड रोबिन लिगमा १५ खेल हुने छन्, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।

त्यसैगरी लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ । क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ ।

फाइनल खेल भने आगामी माघ १८ गते हुनेछ । एनकेएलमा दैनिक एक वा दुई खेल सञ्चालन गरिने जनाइएको छ । दुई खेल हुँदा दिनको पहिलो खेल साँझ ५ः३० बजे सुरु हुनेछ भने त्यसपछि दोस्रो खेल ६ः३० बजे प्रारम्भ हुनेछ । एक खेल मात्रै भएको दिन प्रतिस्पर्धा प्रारम्भ हुने समय साँझ ६ः३० बजे तोकिएको छ ।