८ श्रावण २०८३, शुक्रबार
,
Latest
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो समाज यति सङ्कीर्ण र साम्प्रदायिक भइसकेछ, पत्तै भएन : उपेन्द्र सुब्बा



कवि, कलाकार उपेन्द्र सुब्बा (फाइल तस्वीर)
अ+ अ-

काठमाडौंः चर्चित कवि, लेखक एवं कलाकार उपेन्द्र सुब्बाले कबड्डी४ की अभिनेत्री मिरुना मगरमाथि भएको दुव्र्यवहारको घटनाबाट आफू निकै चिन्तित र दुःखित भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले पोस्ट गरेको एउटा स्टाटसमा यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात रहेको भन्दै “सरी नानी” लेखेका छन् ।

पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको बताउँदै उनले अगाडि भनेका छन्, “तर मलाई पत्तै भएन हाम्रो समाज यती संक्रिर्ण र साम्प्रदायिक भइ सकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइ सकेछौं ।

“मेरो जाति, मेरो भाषा, मेरो मान्छे । यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइ सकेछौं । होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्पाभाइको ठाउंमा अरु कोहि बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली वैज्वत गर्नु हुन्थ्यो होला ? म त आदिवासी हुनुमा गर्व गर्थें। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थें ।

यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी

कबड्डी ४ मा अभिनय समेत गरेका कलाकार उपेन्द्रले गरेको पोस्टप्रति सयौं व्यक्तिले प्रतिक्रिया जनाएका छन् । जसमा केही व्यक्तिले मिरुनामाथि भएको दुव्र्यवहारलाई व्यक्तिगत घटनाका रुपमा लिनुपर्नेमा त्यसो हुन नसकेकामा दुःख व्यक्त गरेका छन् । कतिपयले यस घटनालाई जातीय, धार्मिक र साम्प्रदायिक रङ दिएपछि समस्या सिर्जना भएको गुनासो गरेका छन् ।

नेपाली समाजभित्र पहिचानको खोजी गर्नेहरुप्रति लक्षित गर्दै राजकुमार राईले लेखेका छन्, “पहिचानको आन्दोलन आआफ्ना भाँडा भर्ने साधन बनाएको परिणाम हो ।”

अभिनेत्री मिरुनाले फेसबुकमा बिहीबार नै एउटा स्टाटस पोस्ट गर्दै आफूले गरेको कार्य ९कुटपिट० कुनै पनि धर्म र समाज विरुद्ध नभई व्यक्ति विरुद्ध भए तापनि यस घटनाबाट जान अन्जानबाट दुःखित हुनुहुने सबैप्रति क्षमायाचना गरेकी छिन् ।