११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख गुरुङद्वारा संविधान दिवसको शुभकामना



अ+ अ-

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सुत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

सातौँ संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले सबै उत्पीडनको अन्त्य गरेको छ भन्नुभयो । 

सन्देशमा नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा नीहित रहेको जनाउँदै यतिबेला मुलुक नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको उल्लेख छ ।

सन्देशमा भनिएको छ, “सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकार आआफ्नो संवैधानिक कार्यभार पूरा गर्न क्रियाशील रहेका छन् । 

संविधान आफैंमा कानूनी सिद्धान्त तथा राजनीतिक सहमतिको दस्तावेज हो ।”