२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै सबैभन्दा रहस्यमयी ठाउँ ‘एरिया ५१’



अ+ अ-

एजेन्सी । एरिया ५१ को नाम सुन्नुभएको छ होला । सायद कतिपय मानिसहरुलाई यसको बारेमा जानकारी नै नभएको पनि हुन सक्छ ।

अमेरिकाको नेवादा मा रहेको यस ठाउँ विश्वकै सबैभन्दा रहस्यमयी ठाउँ मानिन्छ । अहिले सामाजिक सञ्जालमा यस ठाउँको विषयमा चर्चा भएको छ ।

किनभने ‘इमर्सिव इन्टरटेन्मेन्ट’ नामको एक कम्पनीले एरिया ५१ मा खोजतलासी गर्ने घोषणा गरेको थियो । जसको मुख्य उद्देश्य त्यस स्थानमा एलियन्स अर्थात परग्रही भेट्न सकिने अनुमान गरिएको छ । उक्त एरिया ५१ मा एलियनहरुलाई बन्धक बनाएर राखिएको कम्पनीले जिकिर गरेको छ ।

यता रिपोर्टका अनुसार भने एरिया ५१ मा अमेरिकाको एयर फोर्स बेस रहेको बताइएको छ , तर यसभित्र के रहेको छ यो पूर्णरुपमा गोप्य राखिएको छ । बीबीसीका अनुसार एरिया ५१ लाई अमेरिका तथा सोभियत संघको बीचमा भएको शीत युद्धबखत विमानलाई परिक्षण र विकासका लागि बनाइएको जनाएको छ ।

यो ठाउँ सन् १९५५ मा खुला गरिएको थियो । तर कैयौं वर्षसम्म पनि यस स्थानको बारेमा मानिसहरुलाई थाहा थिएन । अमेरिकी सेना अत्याधुनिक विमानहरुलाई विकसित गर्नका लागि एरिया ५१ को उपयोग गर्ने पनि मानिन्छ ।