२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै सबैभन्दा रहस्यमयी ठाउँ ‘एरिया ५१’



अ+ अ-

एजेन्सी । एरिया ५१ को नाम सुन्नुभएको छ होला । सायद कतिपय मानिसहरुलाई यसको बारेमा जानकारी नै नभएको पनि हुन सक्छ ।

अमेरिकाको नेवादा मा रहेको यस ठाउँ विश्वकै सबैभन्दा रहस्यमयी ठाउँ मानिन्छ । अहिले सामाजिक सञ्जालमा यस ठाउँको विषयमा चर्चा भएको छ ।

किनभने ‘इमर्सिव इन्टरटेन्मेन्ट’ नामको एक कम्पनीले एरिया ५१ मा खोजतलासी गर्ने घोषणा गरेको थियो । जसको मुख्य उद्देश्य त्यस स्थानमा एलियन्स अर्थात परग्रही भेट्न सकिने अनुमान गरिएको छ । उक्त एरिया ५१ मा एलियनहरुलाई बन्धक बनाएर राखिएको कम्पनीले जिकिर गरेको छ ।

यता रिपोर्टका अनुसार भने एरिया ५१ मा अमेरिकाको एयर फोर्स बेस रहेको बताइएको छ , तर यसभित्र के रहेको छ यो पूर्णरुपमा गोप्य राखिएको छ । बीबीसीका अनुसार एरिया ५१ लाई अमेरिका तथा सोभियत संघको बीचमा भएको शीत युद्धबखत विमानलाई परिक्षण र विकासका लागि बनाइएको जनाएको छ ।

यो ठाउँ सन् १९५५ मा खुला गरिएको थियो । तर कैयौं वर्षसम्म पनि यस स्थानको बारेमा मानिसहरुलाई थाहा थिएन । अमेरिकी सेना अत्याधुनिक विमानहरुलाई विकसित गर्नका लागि एरिया ५१ को उपयोग गर्ने पनि मानिन्छ ।