• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

अमेरिकामा फेरि गोली चल्यो, चार जनाको मृत्यु



अमेरिकामा एक बन्दुकधारीले फेरि अन्धाधुन्ध गोली चलाएर चार जनाको हत्या गरेका छन् ।

ओक्लाहोमास्थित टुल्सा मेडिकल क्याम्पसमा राइफल र सटगन सहित प्रवेश गरेका ती व्यक्तिले अस्पताल भित्र जथाभावी गोली चलाएको प्रहरीको भनाइ छ ।

प्रहरी कारबाहीमा गोली चलाउने व्यक्ति पनि मारिएका छन् ।

उक्त गोलीकाण्डको कारण भने खुलीसकेको छैन ।

केही दिन अघि मात्र अमेरिकामै विभत्स गोलीकाण्ड भएको थियो जसमा उभाल्डे प्राथमिक विद्यालयका १९ जना स्कुले बालबच्चा मारिएका थिए ।