२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट



अ+ अ-

तनहुँ । तनहुँको डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । मुख्यमन्त्रीको कार्यालयले बनाएको विभिन्न सूचकका आधारमा भएको मूल्याङ्कनमा गण्डकी प्रदेश मातहतभरिका १०५ मध्ये सो कार्यालय उत्कृष्ट बनेको हो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रमुख सचिव रविलाल पन्थले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई हालै नगद रु ३० हजारसहित प्रमाणपत्रले पुरस्कृत गर्नुभयो । प्रदेश सरकारको मूल्याङ्कनमा सुशासन तथा पारदर्शी ढङ्गले काम गर्ने शैली, सबै सरोकारवालालाई समेटेको, पार्क निर्माण गरी आम्दानी गरेर दिगोरुपमा व्यवस्थापनको मोडालिटीसमेत तयारी कार्यसम्पादन गरेको, मानव र वन्यजन्तु द्वन्द व्यवस्थापनमा अनुकरणीय काम गरेको, वासस्थान, व्यवस्थापन र जनचेतनामूलकलगायतका कार्य प्रभावकारीरुपमा सञ्चालन गरेकाले उत्कृष्ट बन्न सफल भएको जनाइएको छ ।

त्यसैगरी, चोरी शिकारी नियन्त्रण राजस्व बढाएको, बेरुजु शून्य, नर्सरी बिरुवा गाउँमै वितरण गर्ने, आगलागी नियन्त्रणमासमेत सो कार्यालयले राम्रो काम गरेको जनाइएको छ । सामुदायिक वनको आम्दानीबाट विपन्नको आयआर्जन बढाउनेजस्ता कार्यले पनि सो डिभिजन वन कार्यालय चर्चामा आएको थियो ।

सव डिभिजनस्तरीय नर्सरीमा स्तरोन्नति, उच्चस्तरीय प्रजाति केन्द्रीत उत्पादन, फलफूल, बिरुवा लक्षित समूह केन्द्रित अनुकरणीय तथा विविध अभियानलगायतका काम गरेका कारणले सो कार्यालय पुरस्कृत भएको तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।