३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

जलयात्रा पर्यटन प्रवद्र्धन गर्न नाराको माग

जलयात्रा पर्यटन प्रवद्र्धन गर्न नाराको माग
अ+ अ-

काठमाडौँ । नेपालका हिमनदी प्रदूषित हुँदा जलयात्रा पर्यटन प्रवद्र्धनमा समस्या हुँदै गएको छ । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सीज (नारा)को ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रका वक्ताले नदी प्रदूषण र ढुङ्गा गिटी उत्खनन हुँदा जलयात्रा पर्यटन व्यवसाय धरापमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले समग्र पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि विभाग गम्भीर भएर लागेको बताउनुभयो ।

“पर्यटन क्षेत्रमा रहेको समस्या समाधान गर्ने प्रमुख दायित्व पर्यटन व्यावसायिकै हो, यसमा विभाग हातेमालो गर्न तयार छ,” उहाँले भन्नुभयो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा जलयात्रा पर्यटन विस्तारको सम्भावना रहेको जनाउँदै यहाँभित्र रहेका नदी तथा खोलाको संरक्षणमा सरकार लाग्नुपर्ने बताउनुभयो । उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्कप्रसाद भट्टराईले प्रदेश ऐनका कारण पर्यटन क्षेत्रमा भएका अफ्ठयारा समाधानका लागि व्यवसायी र सरकार बसेर काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले नेपालको जलयात्रामार्फत शाहसिक पर्यटन व्यवसायमा नाराले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै यसलाई जोगाइराख्ने चुनौती रहेको बताउनुभयो । ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनस्थापना गर्नका लागि पर्यटन व्यवसायीबीच आपसी सहमति र सहकार्यको खाँचो रहेको बताउनुभयो ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ (निट) नेपालका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष नवराज दाहाललगायतले जलयात्रा पर्यटनको सम्भावना भएको ठाउँमा विद्युतगृह बनाउँदा जलयात्रा पर्यटन व्यवसाय धरापमा पर्दै गएको बताउनुभएको थियो ।

नाराका अध्यक्ष गङ्गाप्रसाद नेपाल, उपाध्यक्ष मेखबहादुर आले र महासचिव शिशिर खनाललगायतले र्याफ्टिङ कम्पनी दर्ता गर्दा लाग्ने अधिकृत पुँजी रु पाँच लाखबाट बढाएर ५० लाख बनाएको भन्दै उक्त निर्णय तत्काल सच्याउन प्रदेश पर्यटन मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभएको थियो । उक्त साधारण सभाले आजै नयाँ नेतृत्व चयन गर्ने छ ।