२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी: १२ बुँदे व्याख्यात्मक घोषणामा अमेरिकाको दृष्टिकोण के हो ? नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको दाबी गर्नुभएको छ ।  मंगलवार राष्ट्रिय सभाको बैठकमा सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटसम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लप्सीवेदी,रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने कुरा बजेटमा प्रश्तुत भएको तर एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले आफैँले प्रश्ताव राख्नुभएको हो भन्ने बारेमा सरकारसँग जवाफ माग्नुभयो । नेता श्रेष्ठले एमसीसी परियोजना अन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रशारण लाइन निर्माण गर्ने कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रश्ताव भएको खण्डमा सरकार र अर्थमन्त्री धन्यवादको पात्र रहेको बताउनु भयो । उहाँले सरकारले यस बारेमा स्पष्ट पार्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

नेता श्रेष्ठले भन्नुभयो, ‘यो लप्सीवेदी,रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइनेछ भनेको छ, यो पहिला भनेजस्तै एमसीसीको योजना हो कि, आफैँले बनाउने भनेको हो ? त्यो प्रष्ट भएन ? संसदबाट एमसीसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरिएको थियो ।

साथै ठूला नेताहरुले १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति जनाएन भने त्यही दिन यो खारेज हुन्छ भनेको थियो । अमेरिकाले अहिलेसम्म मेरो जानकारीमा आउँदासम्म १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा एक शब्द बोलेको छैन । त्यसकारणले यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैँले गर्ने प्रश्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ । तर यो के हो प्रस्ट हुनुपर्छ ।’

नेता श्रेष्ठले सरकारले प्रश्तुत गरेको बेजटमा असन्तुष्टि समेत रहेको बताउनु भयो । उहाँले नेपालको विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको बताउनु भयो । नेता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न नसके पूँजिगत खर्च कार्यान्वयन अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले बजेटमा सरकारले मितव्ययिता गुणत्मक ढंगको नीति लिन नसकेको आरोप लगाउनु भयो । नेता श्रेष्ठले बजेटमा सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाउनु भयो ।

नेता श्रेष्ठले भन्नुभयो, ‘सरकारले ४/५ वटा कुरामा ध्यान दिन सकेन । नेपालको विकासको निम्ति झनै बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन हो । त्यो बारेमा बजेट वक्तव्य राम्रोसँग खुलेर प्रश्तुत हुने सकेको छैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगर्ने हो भने पूँजिगत खर्च कार्यान्वयन अघि बढ्दैन । अरु समस्या पनि मुलभुत रुपमा हल हुँदैनन् । मितव्ययिता गुणत्मक ढंगको नीति लिनुपर्दथ्यो त्यो भएन । राष्ट्रियताको रक्षा र संवद्र्धन नभएसम्म आत्मनिर्भर अर्थतन्त्र हुनै सक्दैन । शिक्षा र स्वास्थ्यको क्षेत्रमा यसले प्राथमिकीकरण निर्धारण गर्न सकेको छैन ।’

नेता श्रेष्ठले सार्वजनिक सवारीसाधनमा राज्यको दायित्व के हुन्छ भन्ने बारेमा सरकारले अहिले प्रष्ट नबोलेको भन्दै सार्वजनिक सवारीसाधनको मुल जिम्मेवारी र ठूला पारवाहनसँगको मुल जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो ।