२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौँ विस्थापित



अ+ अ-

रियो डि जेनेरियो । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको प्राप्त समाचारमा जनाइएको छ । केही दिनयदेखि यहाँ भारी वर्षा भइरहेको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ । अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ । भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिले सम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर गएको शनिबार २० जनाको ज्यान गएको थियो ।यहाँ अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ ।