२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौँ विस्थापित



अ+ अ-

रियो डि जेनेरियो । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको प्राप्त समाचारमा जनाइएको छ । केही दिनयदेखि यहाँ भारी वर्षा भइरहेको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ । अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ । भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिले सम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर गएको शनिबार २० जनाको ज्यान गएको थियो ।यहाँ अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ ।