२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अर्थमन्त्रीले बोक्नुभएको ब्रिफकेस तोडफोड र कुर्सी भाँचिएन, हाम्रो लोकतन्त्र परिपक्क हुँदैछ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले ढुक्कसँग बजेट पढ्न पाएको भन्दै नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

नेता भट्टराईले भने, ‘माननीय अर्थमन्त्रीज्यूले यो बजेट प्रस्तुत गर्दा उहाँले बोक्नुभएको बजेट वक्तव्यको ब्रिफकेस तोडफोड भएन । संसदमा सांसद बस्ने कुर्सी भाँचिएन । संसदका माइकहरु भाँचिएनन् र शान्तपूर्वक अर्थमन्त्रीज्युले २ घण्टा ५५ मिनेट बजेट बढ्न पाउनुभयो । सायद हाम्रो लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व हुँदै जाँदैछ । हामी संयमता र धैर्यतातिर जाँदैछौं त्यस अर्थमा म खुशी व्यक्त गर्न चाहन्छु ।’