• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली

सिन्धु आयोग ढाँचाअन्तर्गत भारतीय र पाकिस्तानी अधिकारीहरूको बैठक



भारत र पाकिस्तानले सोमबार सिन्धु आयोगको ढाँचाअन्तर्गत पानी बाँडफाँडसम्बन्धी मुद्दाहरूमा छलफल गरेका छन् । दिल्लीमा भएको बैठक मंगलबार पनि जारी रहने पाकिस्तानी उच्चायोगले जनाएको छ ।

पाकिस्तान–भारत स्थायी सिन्धु आयोगको ११८औँ बैठकमा सहभागी हुन पाकिस्तानी प्रतिनिधिमण्डल भारतमा छ ।

“आज पाकिस्तान–भारत स्थायी सिन्धु आयोगको ११८औँ बैठकको पहिलो सत्र नयाँ दिल्लीमा सम्पन्न भयो। पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व सैयद मुहम्मद मेहर अली शाहले गरेका थिए। दोस्रो सत्र भोलि पनि जारी रहनेछ”, पाकिस्तान उच्चायोगले ट्विट गरेको छ ।

सन् १९६० मा भारत र पाकिस्तानबीच भएको सिन्धु जल सन्धि १९६० अन्तर्गत पूर्वी नदीहरू– सतलज, ब्यास र रावीको सबै पानी वार्षिक करिब ३३ मिलियन एकर फुट भारतलाई असीमितरूपमा छुट्याइएको छ।

पश्चिमी नदीहरू– सिन्धु, झेलम र चेनाबको पानी लगभग १३५ मिलियन एकर फुट वार्षिकरूपमा पाकिस्तानलाई दिइएको छ। भारतलाई सन्धिमा तोकिएको मापदण्डबमोजिम पश्चिमी नदीहरूमा सीमित भण्डारणमा नदीका प्लान्टहरू निर्माण गर्न अनुमति दिइएको छ।

सिन्धु जल सन्धिको धारा ८(५) को प्रावधानअनुसार स्थायी सिन्धु आयोगले वर्षमा कम्तीमा एक पटक बैठक बस्नु पर्ने हुन्छ । इकोनमिक टाइम्सबाट