२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडमा सुन खानी कामदारहरूबीच झडप हुँदा करिब १०० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । उत्तरी चाडमा सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् ।

मे २३ मा लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् ।

उक्त झडप चाडको राजधानी एनुजामेनाबाट करिब १,००० किलोमिटर (६०० माइल) मध्य सहाराको तिबेस्ती पर्वतमा भएको थियो ।

त्यस क्षेत्रमा सुनको खोजी चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाब र झडप हुने गर्दछ ।

झडप मौरिटानियन र लिबियालीहरू बीच भएको मन्त्रीले बताएका छन् ।

उनले एएफपीसँग यस क्षेत्रबाट फोनमा कुरा गर्दै जहाँ सो जानकारी दिएका हुन् ।

‘यस क्षेत्रमा सुन खानी कामदारहरू बीच हिंसा भएको यो पहिलो घटना होइन र हामीले अर्को सूचना नआएसम्म कोरीमा सबै सुन खानीको उत्खननको कार्य स्थगन गर्ने निर्णय गरेका छौं,’ उनले भने। यस क्षेत्रका बहुसंख्यक खानीहरू अवैधरूपमा सञ्चालित छन्