६ श्रावण २०८३, बुधबार
,
Latest
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा



अ+ अ-

काठमाण्डौ । कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबि महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले आइतवारसांझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा रहरीएकोमा खुशि व्यक्त गरेको छ ।

राजकुमारी आश्मा नै पहिलो अरबि महिला हुन जसले नेपाल भारतको सीमामा अवश्थित तेस्रो अग्लो हिमाल कंचनजंगाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुबैतर्फवाट सफल आरोहण गरेकी छन् ।

आरोहणपछि इन्स्टाग्राममा पोष्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन् । साथै उनले ठुलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् । सपना देखेपछि त्यसलाइ पुरा गर्ने हिम्मत आउंने उनको भनाइ छ । जहां इच्छा त्यहां उपाय भन्ने भनाइ नै छ । उनी अगाडी लेख्छिन् मेरो सपनाले मलाइ कुनै पनि समय पछ्यारह्यो। निदाउनु अगाडी र उठेपछि त्यसकै पछि लाग्ने बनायो ।

यो सपना पुरा गर्नु त्यति सजिलो थिएन र पनि पुरा भएको छ ।सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबि महिला राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरीसकेकी छन् ।