२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकतामा राखिएको छ – अर्थमन्त्री



अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताउनु भएको छ ।

बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नु भयो, ‘अव सरकारले स्वदेशी बस्तुनै प्रयोग गर्नुपर्छ । विस्कुट त चाहियो तर त्यो पनि स्वदेशी आओस्न । सेनिटाईजर स्वदेशी आओस् । मास्क पनि स्वदेशी आओस् । सुरु कस्ले गर्ने त ? पहिला सरकारले गर्नुपर्यो ।

सरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुपर्यो । त्यसो गर्ने प्रतिवद्धता हामीले गरेको छौं र, हामीसँग धाँगो कारखाना छ । कपडा उद्योग छ । प्राईभेट धागो कारखाना छ । तिनलाई पनि सहुलियत दिँदैछौं । तिनलाई हामी सुविधा दिँदैछौं । विजुलीमा सुविधा दिन्छौं हामी । निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौं । त्यसबाट हामी उनीहरुलाई उत्साहित गर्न खोजिराखेका छौं । टायर उद्योग, रवर उद्योग त्यत्तिकै छ । त्यसलाई बेच्नुपर्ने अवस्था छ ।’