२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकतामा राखिएको छ – अर्थमन्त्री



अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताउनु भएको छ ।

बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नु भयो, ‘अव सरकारले स्वदेशी बस्तुनै प्रयोग गर्नुपर्छ । विस्कुट त चाहियो तर त्यो पनि स्वदेशी आओस्न । सेनिटाईजर स्वदेशी आओस् । मास्क पनि स्वदेशी आओस् । सुरु कस्ले गर्ने त ? पहिला सरकारले गर्नुपर्यो ।

सरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुपर्यो । त्यसो गर्ने प्रतिवद्धता हामीले गरेको छौं र, हामीसँग धाँगो कारखाना छ । कपडा उद्योग छ । प्राईभेट धागो कारखाना छ । तिनलाई पनि सहुलियत दिँदैछौं । तिनलाई हामी सुविधा दिँदैछौं । विजुलीमा सुविधा दिन्छौं हामी । निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौं । त्यसबाट हामी उनीहरुलाई उत्साहित गर्न खोजिराखेका छौं । टायर उद्योग, रवर उद्योग त्यत्तिकै छ । त्यसलाई बेच्नुपर्ने अवस्था छ ।’




भर्खरै