• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरमा कार र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु ★   दक्षिण कोरियाबाट फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने ★   मुस्ताङ बस दुर्घटनामा लिवर्टी कलेजका २१ विद्यार्थी घाइते ★   पाल्तु बिरालोले घरमा लगायो आगो, लाखौं रुपैयाँ बराबरको सामान जलेर खरानी ★   २०२३ मा अस्ट्रेलियालीहरु बढी ठगिए, ठगीबाट हुने घाटा कम ★   आगलागीपीडितको पीडा: सबै जल्यो, के खाने ? कहाँ बस्ने ? ★   ऋषभ पन्तबारे शाहरुख खान भन्छन् – उ मेरो छोरा जस्तै हो ★   नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै, घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो ★   तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड ★   ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

प्रतिकूल मौसमले तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या



म्याग्दी । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या भएको छ । भौगोलिकरुपमा विकट र जोखिमयुक्त ठाउँमा दिउँसोदेखि पानी पर्न थालेको र कुहिरो लागेकाले उद्धारकर्तालाई अप्ठ्यारो भएको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले १४ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको जानकारी दिनुभयो ।

“शव सङ्कलन, पहिचान, बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजनामा मौसमले चुनौती सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “घटनास्थलबाट डाँडामा सङ्कलन गरेर राखिएको शव ल्याउन र बेपत्ताको खोजीमा समस्या भएको हो ।” घटनास्थलमा रहेका स्थानीयवासी इन्द्रसिंह शेरचनले सुरक्षाकर्मीले डोरीको सहायताले भिरमा अड्किएका शव सङ्कलन गरेका बताउनुभयो ।

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको छ । करिब १०० जना नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी उद्धारमा परिचालन भएका छन् । नेपाली सेना, फिस्टेल र कैलाश एयरको एक÷एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिए पनि मौसमको प्रतिकूलताका कारण घटनास्थलतर्फ जान सकेका छैनन् । थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हँुदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको थियो ।

पोखराबाट आइतबार बिहान ९ः ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।