• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी ★   काठमाडौंमा भोलिबाट सीप मेला आयोजना, एक महिनामा २०८१ जनालाई रोजगारी दिने उल्लेख ★   चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक– भिडियोसहित ★   एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनबाट हृदयाघातको जोखिम हुने दाबी ★   सरकारको आधिकारिक अनलाइन मिडिया छैन: सञ्चारमन्त्री शर्मा ★   समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन

प्रतिकूल मौसमले तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या



म्याग्दी । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या भएको छ । भौगोलिकरुपमा विकट र जोखिमयुक्त ठाउँमा दिउँसोदेखि पानी पर्न थालेको र कुहिरो लागेकाले उद्धारकर्तालाई अप्ठ्यारो भएको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले १४ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको जानकारी दिनुभयो ।

“शव सङ्कलन, पहिचान, बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजनामा मौसमले चुनौती सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “घटनास्थलबाट डाँडामा सङ्कलन गरेर राखिएको शव ल्याउन र बेपत्ताको खोजीमा समस्या भएको हो ।” घटनास्थलमा रहेका स्थानीयवासी इन्द्रसिंह शेरचनले सुरक्षाकर्मीले डोरीको सहायताले भिरमा अड्किएका शव सङ्कलन गरेका बताउनुभयो ।

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको छ । करिब १०० जना नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी उद्धारमा परिचालन भएका छन् । नेपाली सेना, फिस्टेल र कैलाश एयरको एक÷एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिए पनि मौसमको प्रतिकूलताका कारण घटनास्थलतर्फ जान सकेका छैनन् । थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हँुदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको थियो ।

पोखराबाट आइतबार बिहान ९ः ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।