२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरसभाको बैठक लाइभ गर्ने मेयर बालेन साहको पहिलो निर्णय



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) ले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । महानगरपालिकाको निर्वाचनका बेला आफू विजयी भए नगरसभाको बैठक लाइभ गर्ने बताउँदै आएका साहले पद तथा गोपनीयताको सपथ लिएलगत्तै बसेको पहिलो बैठकमा आफ्नो प्रतिबद्धताअनुरुप पहिलो बैठक नै लाइभ गर्ने निर्णय गरेका छन् ।

नगरसभाको पहिलो बैठक आजै ४ बजेका लागि बोलाइएको छ । सो बैठक लाइभ हुने उनले बताए । प्रमुख साहले काठमाडौँ महानगरको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । महानगरबासीले गरेको पापको भोगी सिसडोलबासी भएको भन्दै उनले भने, “हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सरपीडित हुनुभएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।”

फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलबासीलाई स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म र उनीहरुले बाँच्न पाउने अधिकार नभएसम्म आफूहरुले केही नगर्ने उनीहरुलाई भनेको साहले बताए ।