५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाको सपथ ग्रहण कार्यक्रममा जे देखियो-फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

राष्ट्रिय सभागृहमा सम्पन्न भएको सपथ कार्यक्रममा सभाहल खचाखच भरिएको थियो । कूल ३२ वडा रहेको काठमाडौँ महानगरको सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) नेपाली राष्ट्रिय पोशाक र भादगाउँले टोपी लगाएर सपत्नी उपस्थित हुनुभएको थियो ।

प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजकुमार खतिवडाले नवनिर्वाचित प्रमुख साहलाई नेपाली भाषामा पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । त्यसपछि लगत्तै साहले नेपाल भाषामा समेत सपथ लिनुभएको थियो ।

साहले नवनिर्वाचित उपप्रमुख सुनिता डंगोललाई नेपालीमा पद तथा गोपनीयताको सपथ लिन पढेर सुनाउँदा उपप्रमुख डंगोलले नेपाल भाषामा सपथ लिनुभएको थियो ।

त्यसपछि प्रमुख साहले नवनिर्वाचित वडाध्यक्षहरुलाई मञ्चमा पद तथा गोपनीयताको सपथ गराउनुभयो । कूल ३२ वडाका १२८ जना वडासदस्यहरुलाई मञ्चमा बोलाएर सपथ दिलाउन समस्या भएपछि नवनिर्वाचित साहले उहाँहरुलाई मञ्चको तल आ–आफ्नो कुर्सीमा बस्नुभएका वडासदस्यहरुलाई यथास्थानमै बसाएर सपथ गराउनुभएको थियो ।

सपथ ग्रहणको समापनमा प्रमुख निर्वाचन अधिकृत खतिवडाले मतपत्रमा झन्झटिलो व्यवस्था भएकाले मतगणनामा ढिलाइ भएको बताउनुभयो । उहाँले मतगणना भइरहँदा बाहिर सामाजिक सञ्जालहरुमा आमाको पेटमा बच्चा हुँदा बाबु मत गन्न गएको बच्चा बोल्ने हुँदा पनि बाबु फर्केनन् भन्ने कुरा पनि आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतै कतै त प्रमाणपत्र दिनेबेलामा नवनिर्वाचित प्रमुख साहको दारी फुलिसक्छ भन्ने कुरा पनि आयो ।” अहिलेको २१औँ शताब्दीमा भोटिङ मेसिनको व्यवस्था भएको भए मतगणनामा यति धेरै ढिलो नहुने उहाँको भनाइ थियो ।

उहाँले भोटिङ मेसिनको व्यवस्था गर्न नसकिएको खण्डमा कम्तीमा पनि प्रमुख र उपप्रमुखको मतपत्र एउटा तथा वडाध्यक्ष र वडासदस्यहरुको मतपत्र अर्को व्यवस्था गरिएको भए पनि मतगणना चाँडै सम्पन्न गर्न सकिन्थ्यो भन्नुभयो ।