७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

काठमाडौँ महानगरपालिकाको सपथ ग्रहण कार्यक्रममा जे देखियो-फोटो फिचर

काठमाडौँ महानगरपालिकाको सपथ ग्रहण कार्यक्रममा जे देखियो-फोटो फिचर
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

राष्ट्रिय सभागृहमा सम्पन्न भएको सपथ कार्यक्रममा सभाहल खचाखच भरिएको थियो । कूल ३२ वडा रहेको काठमाडौँ महानगरको सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) नेपाली राष्ट्रिय पोशाक र भादगाउँले टोपी लगाएर सपत्नी उपस्थित हुनुभएको थियो ।

प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजकुमार खतिवडाले नवनिर्वाचित प्रमुख साहलाई नेपाली भाषामा पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । त्यसपछि लगत्तै साहले नेपाल भाषामा समेत सपथ लिनुभएको थियो ।

साहले नवनिर्वाचित उपप्रमुख सुनिता डंगोललाई नेपालीमा पद तथा गोपनीयताको सपथ लिन पढेर सुनाउँदा उपप्रमुख डंगोलले नेपाल भाषामा सपथ लिनुभएको थियो ।

त्यसपछि प्रमुख साहले नवनिर्वाचित वडाध्यक्षहरुलाई मञ्चमा पद तथा गोपनीयताको सपथ गराउनुभयो । कूल ३२ वडाका १२८ जना वडासदस्यहरुलाई मञ्चमा बोलाएर सपथ दिलाउन समस्या भएपछि नवनिर्वाचित साहले उहाँहरुलाई मञ्चको तल आ–आफ्नो कुर्सीमा बस्नुभएका वडासदस्यहरुलाई यथास्थानमै बसाएर सपथ गराउनुभएको थियो ।

सपथ ग्रहणको समापनमा प्रमुख निर्वाचन अधिकृत खतिवडाले मतपत्रमा झन्झटिलो व्यवस्था भएकाले मतगणनामा ढिलाइ भएको बताउनुभयो । उहाँले मतगणना भइरहँदा बाहिर सामाजिक सञ्जालहरुमा आमाको पेटमा बच्चा हुँदा बाबु मत गन्न गएको बच्चा बोल्ने हुँदा पनि बाबु फर्केनन् भन्ने कुरा पनि आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतै कतै त प्रमाणपत्र दिनेबेलामा नवनिर्वाचित प्रमुख साहको दारी फुलिसक्छ भन्ने कुरा पनि आयो ।” अहिलेको २१औँ शताब्दीमा भोटिङ मेसिनको व्यवस्था भएको भए मतगणनामा यति धेरै ढिलो नहुने उहाँको भनाइ थियो ।

उहाँले भोटिङ मेसिनको व्यवस्था गर्न नसकिएको खण्डमा कम्तीमा पनि प्रमुख र उपप्रमुखको मतपत्र एउटा तथा वडाध्यक्ष र वडासदस्यहरुको मतपत्र अर्को व्यवस्था गरिएको भए पनि मतगणना चाँडै सम्पन्न गर्न सकिन्थ्यो भन्नुभयो ।