• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

आजको मौसम: मेघगर्जन, चट्याङ र हवाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं । देशका केही स्थानमा आज आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हवाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति मधेस प्रदेशका केही सथानमा मध्यम वर्षा हुने र प्रदेश १, वागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।